नेटवर्किङबाट आफूहरू ठगिएको भन्दै सर्वसाधारणले प्रमाणसहित क्षतिपूर्ति दाबी गरे पनि पीडितले नपाएको भेटिएको छ । हर्बो, युनिटी, क्रिस्टल, भिजनलगायत कम्पनीबाट ठगिएको भन्दै हजारौं सर्वसाधारणले क्षतिपूर्ति माग्दै तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा माग दाबी गरेका थिए । नेटवर्किङ कम्पनीको पुँजीभन्दा क्षतिपूर्ति माग दाबी बढी भएपछि अहिले यससम्बन्धी उजुरी नै गुपचुप पारिएको छ ।