नेकपा गठन त ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा रहेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठन एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा मात्रै रहेछ भन्ने आरोप लगाएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफु सहमतिको तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पड्काएको भन्दै ओलीको बोलीको ठेगान नरहेको बताए।

सम्बन्धित सामग्री

तमसुक गर्दासमेत ओलीले ठगी धन्दा गरे : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र,  देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाउनु आफ्नो कर्तब्य हुने बताए । अर्को प्रसङ्गमा प्रचण्डले माधव नेपाल र आफु सोझो भएर लड्डु खान लाग्दा ओलीले बेइमानी गरेको बताए । एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँदै  उनले तमसुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए । अब संविधान, लोकतन्त्र र राष्ट्र...

...त्यो त केपीको ठगी धन्दा रहेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । ओली एउटा भन्ने र अर्कै गर्ने नेता भएको प्रचण्डको भनाइ छ ।  शनिबार वाईसीएल नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले ठिक विपरित कार्य गरेको आरोप लगाए । केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे । भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’, उनले भने-‘ रक्सी अर्कै