इङ्ग्लिस फुटबल क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बिक्री गर्ने योजना बनाएको बताएका छन् । क्लब बिक्रीबाट हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई सहयोगका लागि उपलब्ध गराउने रुसी व्यापारी अब्रामोभिचले बताएका बीबीसीले जनाएको छ । उनले चेल्सी फुटबल क्लब र समर्थकलाई बिर्सन नसक्ने बताएका छन् ।
उनले क्लब बिक्री निकै कठिन निर्णय भएको र यसले पीडा दिएको बताएका छन् । अब्रामोभिचले चेल्सी क्लबलको बिक्री मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेका बताइन्छ ।
क्लब बेच्ने निर्णयबारे ५५ वर्षीय अब्रोमोभिचले भनेका छन्, ‘मे...