अमेरिका र पाकिस्तानबीचको सम्बन्ध निकै अप्ठ्यारो स्थितिमा छ । पाकिस्तानी नेताहरूले बढ्ता बोल्ने गरेको भएर सम्बन्ध थप जटिल बनेको बताइन्छ ।
पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफले अमेरिकाको भ्रमणमा कडा बयान दिए । अमेरिकाका राष्ट्रपति जो बाइडनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई फोन नगरेमा पाकिस्तानले अन्य विकल्पमा पनि काम गर्न सक्ने उनले बताए ।
युसुफले फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा बताएका थिए, ‘अमेरिकाका राष्ट्रपतिले इमरान खानसँग कुरै गरेका छैनन् जबकि पाकिस्तान महत्त्वपूर्ण देश हो ...