मे १ देखि काठमाडौँ–नारितामा साताको तीन उडान हुने

नेपाल वायुसेवा निगमले काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।  उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ । जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेको हुना

सम्बन्धित सामग्री

निगमले नारिता सेक्टरमा उडान थप्यो

काठमाडौं  । नेपाल वायुसेवा निगमले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान भर्दै आएकोमा आउँदो मे १ तारिकदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १ सय ४० यात्रु एवं शुक्रबारको उडानमा जम्मा १ सय २० जना यात्रु मात्र बोक्न […]

जापानको नारितामा नेपाल एयरलाइन्सले सातामा तीन उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौं–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना […]

निगमले जापानको नारितामा सातामा तीन उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारितामा सातामा तीन उडान गर्ने भएको छ । निगमले आगामी मे १ तारिखदेखि काठमाडौं–नारिता गन्तव्यमा सातामा तीन उडान गर्ने भएको हो । निगमले आइतवार, मंगलवार र शुक्रवार उडान गर्ने जानकारी दिएको छ । निगमले यसअघि सो गन्तव्यमा सातामा दुई उडान गर्दै आएको थियो । जापान सरकारको नियमानुसार आइतवार र मंगलवारको उडानमा १४० यात्रु र शुक्रवारको उडानमा १२० जना यात्रु मात्र बोक्न पाइनेछ । खासगरी कोभिड महामारी समान्य भएपछि हवाई यात्रुको चाप बढेको र मागको तुलनामा सिट संख्या न्यून रहेकाले उडान संख्या थप गर्न लागिएको निगमले बताएको छ । जहाजको क्षमताभन्दा करीब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्नुपरेकाले हाल भाडादर केही महँगो भएको निगमको भनाइ छ । काठमाडौं–नारिता रूटमा करसहित बिजनेश क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार रुपैयाँ भाडादर कायम गरिएको छ । तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट विक्री गरेको गुनासो आएकाले त्यस्तो भएको पाइए नियमानुसार कारबाही हुने पनि निगमले बताएको छ । कसैले बढी भाडा असुलेको पाइएमा यात्रुलाई प्रमाणसहित उजुरी गर्न निगमले अनुरोध गरेको छ । निगमले नारिता–काठमाडौं भने पूर्ण क्षमतामा उडान गरिरहेको छ । रासस

काठमाडौं जापान नारिता थप उडान हुने

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं जापान नारिता सेक्टरको उडान थप गरेको छ। काठमाडौं देखि जापानको नारितामा साताको दुई उडान हुँदै आएकोमा मे १ तारिख अर्थात यही बैशाख १८ गतेदेखि साताको तीन उडान भर्ने निगमले जनाएको छ। आज विज्ञप्ति निकालेर निगमले आईतबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान सञ्चालन गरिने जानकारी दिएको हो। यात्रुको चाप र मागको तुलनामा सिट संख्याको उपलब्धता निकै कम भएकोले उडान थप गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं-जापान रुटमा अब साताको तीन उडान हुने, भाडा दर कति ?

१२ वैशाख, काठमाडौं । काठमाडौं-नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेेपाल वायुसेवा निगमले अहिले काठमाडौं-नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार […]

पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेश उडानमा बुद्ध एयर

काठमाडौं । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरालाई  ‘बेस–हब’ बनाएर प्रदेशस्तरमा उडान गर्ने भएको छ । कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका विमानस्थलबाट चार गन्तव्यमा परीक्षण उडान गर्न लागेको हो । कम्पनीले मे १ अर्थात् वैशाख १८ गते शनिवादेखि पोखराबाट प्रदेश २ को सिमरा, पोखराबाटै प्रदेश १ को विराटनगर, पोखरा–नेपालगञ्ज (लुम्बिनी प्रदेश) र बागमती प्रदेशको भरतपुरबाट लुम्बिनीको  भैरहवा उडान गर्नेछ । कम्पनीले अहिले काठमाडौं बेस बनाएर यी स्थानमा नियमित उडान गर्दै आएको छ । कम्पनीले उक्त गन्तव्यका लागि भाडादर पनि तोकेको छ । यसमध्ये पोखरा–विराटनगरको भाडा न्यूनतम ६ हजारदेखि अधिकतम १० हजार ८०० रुपैयाँसम्म तोकिएको छ । यसैगरी पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५०० देखि अधिकतम ७ हजार २००, पोखरा–सिमराका लागि न्यूनतम ४ हजार ३०० देखि अधिकतम ६ हजार ७०० सम्म, पोखरा–भैरहवाको न्यूनतम ३ हजार १०० देखि अधिकतम ३ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अन्य गन्तव्य तुम्लिङटार–विराटगनगरको भाडादर न्यूनतम २ हजार ५०० देखि  अधिकतम ३ हजार २०० र भैरहवा–भरतपुरको न्यूनतम २ हजार ५०० देखि अधिकतम ४ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले उल्लेख गरेको छ । उक्त भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित रहेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । वैशाख १८ गतेदेखि हुने यी गन्तव्यको उडान भने सानो जहाज ‘बीचक्राफ्ट’बाट गरिने कम्पनीले जानकारी दिएको छ । अन्तरप्रदेशीय उडानमा प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने कम्पनीको माग छ । मे १५ सम्म थप एउटा नयाँ जहाज ल्याउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन् । पोखरा काठमाडौंपछिको ठूलो शहरको रूपमा रहेको र यसलाई बेस–हब बनाउँदै उडान गर्ने रणनीति रहेको भनाइ छ । उनका अनुसार हाल दैनिक १२० भन्दा बढी उडान र ६ हजार ५०० भन्दा बढी यात्रुको आउजाउले स–साना होटलदेखि पर्यटकीय गाडीलाई समेत रोजगारी सृजना गरेको छ । कम्पनीले नेपालमा कोरोना संक्रमणको शुरुआतदेखि नै ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालीम, पीपीईको व्यवस्था, बीमा र त्यसै अनुरूपको हवाई सेवालाई अहिले पनि जारी राखेको उनले बताए ।

पोखराबाट चार सहरमा उडान गर्दै बुद्ध एयर, यस्तो छ भाडादर

यही मे १ देखि नयाँ गन्तव्यमा  उडान सुरु गर्ने बुद्धले जानकारी दिएको छ।

पोखरालाई केन्द्रमा राखी एकै पटक चार अन्तर प्रदेश उडान हुने

५ वैशाख, काठमाडौं । पोखरालाई केन्द्रमा राखी एकै पटक चार अन्तर प्रदेश उडान हुने भएको छ । बुद्ध एयरले मे १ बाट सुरु गर्नेगरी एकै पटक चार अन्तर प्रदेश उडानको घोषणा गरेको हो । बुद्ध एयरका …