काठमाडौं जापान नारिता थप उडान हुने

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं जापान नारिता सेक्टरको उडान थप गरेको छ। काठमाडौं देखि जापानको नारितामा साताको दुई उडान हुँदै आएकोमा मे १ तारिख अर्थात यही बैशाख १८ गतेदेखि साताको तीन उडान भर्ने निगमले जनाएको छ। आज विज्ञप्ति निकालेर निगमले आईतबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान सञ्चालन गरिने जानकारी दिएको हो। यात्रुको चाप र मागको तुलनामा सिट संख्याको उपलब्धता निकै कम भएकोले उडान थप गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।