काठमाण्डाै - सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले हिरासतमा लिएको छ । प्रधानमन्त्री अब्दुल्लाहलाई हिरासतमा लिएर उहाँलाई, उहाँकै घरभित्र नजरबन्दमा राखिएको छ । तर, यसबारे आधिकारिक पुष्टि भने भइनसकेको अल जजिराले जनाएको छ । प्रधानमन्त्रीसँगै केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिएको खबरमा उल्लेख छ । उद्योगमन्त्री इब्राहिम अल शेख, सूचनामन्त्री हमजा बलौलालगायत पक्राउ परेका छन् । यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार फैसल मोहम्मद सालेह पनि पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए...