गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज पत्रकार सम्मेलन आयोजन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने लगायत विभिन्न १३ वटा निर्णय गरेको कार्कीले बताए ।
मन्त्रिपरिषद्ले धितोपत्र दर्ता तथा निष्काशन (पाँचौ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
त्यसैगरी, विराटनगर नगरपालिका वडा नं. १८ हिमालय...