काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बंैकले व्यक्तिगत मुद्दतीमा ३ महिनाका लागि सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको हो । बैंकले ३ महिने संस्थागत मुद्दतीमा सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर तोकेको छ । ३ महिने अवधिका लागि अन्य वाणिज्य तथा विकास बैंकहरुले ०७८ असोजका लागि हालसम्म प्रकाशित गरेको ब्याजदरमध्ये आफूले सर्वाधिक ब्याज दर तोकेको दाबी बैंकको छ ।