काठमाडौं (अस) । अनलाइन शपिङ प्लेटफर्म दराज अनलाइनमार्फत सामान खरीद गर्दा छूट उपलब्ध गराउने विषयमा मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता भएको छ । नयाँ वर्ष २०७९को अवसरमा दराज अनलाइनमार्फत सामान खरीद गरी बैंकको डेबिट कार्डबाट भुक्तानी गर्दा छूट दिने विषयमा दुवै संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतासँगै बैंकका ग्राहकले दराजमार्फत सामान खरीद गरी अनलाइनबाट भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छूट पाउन सक्ने भएका छन् ।
ग्राहकले २८ चैतदेखि उक्त छूट पाउने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत तथा बढीमा १ हजार रुपैयाँसम्म छूट पाउनेछन् । सम्झौताबाट नयाँ वर्षमा ग्राहकले घरमै बसी कारोबार गर्न सक्ने विश्वास बैंकले लिएको छ ।