अन्तिम दिनसम्म साढे २३ लाखभन्दा बढीले भरे न्यादी हाइड्रोपावरको आईपीओ

असोज १९, काठमाडौं । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवारसम्म यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।

सम्बन्धित सामग्री

न्यादी हाइड्रोको आईपिओ शुक्रबार बाँडफाँड हुने, २ लाख २ हजार जनाले शेयर पाउने

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गर्न लागेको हो । कम्पनीले निष्काशन गरेको आईपिओमा १४ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकबाट २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १४.०८ गुणा बढी हो । कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो आवेदन भेरिफाई नहुँदैको तथ्यांक भएकोले यो संख्या केहि तलमाथि हुन् सक्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । यो पनि : न्यादी हाइड्रो आईपिओ रिभ्यु : अधिकांश लगानी बुटवल पावरको, यो वर्ष बिजुली, अर्को वर्ष लाभांश

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन ।  कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार सकिदैछ । यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात्