सावित्राको उत्साहजनक सुधार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बाले घुँडाको शल्यक्रियापछि राम्रो सुधार भइरहेको बताएकी छिन् । असार १२ गते कतार पुगेकी सावित्राको असार ३१ गते दायाँ घुँडाको शल्यक्रिया भएको थियो । राष्ट्रिय लिग खेल्ने क्रममा फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । शल्यक्रियाको एक साता निकै कठिन साथ […]

सम्बन्धित सामग्री

लुम्बिनीमा पर्यटक बढेपछि व्यवसायी उत्साहित

बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनका लागि आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा पर्यटकको संख्या चार गुणासम्म बढेको छ । कोरोना महामारीपछि लुम्बिनीमा विदेशी पर्यटकको संख्या शून्यजस्तै थियो । मुलुकको प्रमुख गन्तव्यमा महामारीपछि थलिएको पर्यटनमा यति बेला भने उत्साहजनक सुधार देखिएको छ । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायी उत्साहित बनेका हुन् । सबैभन्दा धेरै चीन र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्यामा सुधार देखिएको हो ।

५ वर्षमा निर्यात १६ खर्ब पुर्‍याउने महत्त्वाकांक्षी योजना

काठमाडौं । मुलुकबाट निर्यात हुने वस्तु र सेवाको परिमाण र त्यसबाट आर्जित रकम दुवैमा उत्साहजनक सुधार नदेखिएका बेला सरकारले महत्त्वाकांक्षी रणनीति कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष (आव) २०८४/८५ मा वस्तु तथा सेवा निर्यात १६ खर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य राखेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार रणनीति कार्ययोजना कार्यान्वयनमा ल्याएको हो ।  मन्त्रालयले यो लक्ष्य प्राप्त गर्न ‘व्यापारघाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९’ र ४ खर्ब ६३ अर्ब अनुमानित लगानी हुने आकलनसहित ‘नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०८० अद्यावधिक गरी कार्यान्वयनमा ल्याएको छ । चालू आव २०७९/८० को वैशाखसम्ममा नेपालले जम्मा १ खर्ब ३० अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । यो अवधिमा १३ खर्ब ३५ अर्ब रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । मन्त्रालयले उक्त रणनीति कार्यान्वयन गर्दा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वस्तु तथा सेवा निर्यात २० प्रतिशत पुग्ने आकलन गरेको छ । मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले यो योजना महत्त्वाकांक्षी नै भएको बताए । ‘यो अवधिमा अर्थतन्त्रको आकार बढेर ८० खर्ब रुपैयाँ पुग्ने र निर्यात त्यसको २० प्रतिशत पुर्‍ याउने लक्ष्य हो,’ कार्कीले भने, ‘यस हिसाबले अबको ५ वर्षमा मुलुकबाट १६ खर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात हुने आकलन गरिएको हो ।’ आव २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा निर्यातको अनुपात ६ दशमलव ३ प्रतिशत छ । यसलाई आव २०८४/८५ मा २० प्रतिशत पुर्‍याउने भनिएको हो । उक्त लक्ष्य प्राप्त गर्न १५ ओटा निकाय र १८३ ओटा क्रियाकलाप हुने उनले बताए । ‘ती क्रियाकलाप गर्दा ४ खर्ब ६३ अर्ब लगानी आवश्यक पर्ने अनुमान छ,’ उनले भने, ‘यसमा कानूनी सुधार, प्रशासनिक कार्यका लागि खर्च नलागे पनि आवश्यक पूर्वाधारदेखि निर्यातमा नगद अनुदान दिँदासम्म उक्त लगानी आवश्यक हुन्छ ।’ कार्कीका अनुसार निर्यातमा अनुदान दिँदा मात्रै उक्त अवधिमा ४० अर्ब रुपैयाँ खर्च हुनेछ । सहसचिव कार्कीका अनुसार उद्योगसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/राष्ट्रिय योजना आयोग, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा तथा जलस्रोत, शिक्षा विज्ञान तथा प्रविधि, वन तथा वातावरण, सञ्चार तथा सूचनाप्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंक रणनीति कार्यान्वयनमा जिम्मेवार निकाय हुन् ।  मन्त्रालयले यसका लागि उद्योगमन्त्रीको अध्यक्षतामा सम्बद्ध निकायका सचिव सदस्य हुने गरी राष्ट्रिय निर्देशक समिति पनि गठन गरेको छ । यसले कार्यान्वयनको अवस्था हेर्नेछ । कार्ययोजना कार्यान्वयनको मध्यावधि समीक्षा ३ वर्षमा हुने र ५ वर्षपछि अन्तिम समीक्षा गरिने उनको भनाइ छ । यसमा सरकारी निकायका साथसाथै निजीक्षेत्रका छाता संगठनका प्रतिनिधि पनि सहभागी छन् ।  सन् २०१६ मा अद्यावधिक गरिएको एनटीआईएसमा २४ ओटा वस्तु थपेर अद्यावधिक गरिएको छ । यो कार्ययोजना र रणनीति मन्त्रिपरिषद्ले वैशाख २६ गते स्वीकृत गरेको हो । सरकारले २४ ओटा वस्तु तथा सेवा थप्दै ‘नेपाल व्यापार एकीकृत रणनीति २०८०’ लागू गरेको हो । योसँगै एनटीआईएसमा ३२ ओटा वस्तु तथा सेवा सूचीकृत भएका छन् । नेपालमा सन् २०१० देखि एनटीआईएस लागू छ । सन् २०१६ मा परिमार्जन भएको एनटीआईएसमा अहिले बजेटमा समावेश भएका वस्तुसहित निर्यातमा पछिल्लो समय सुधार भएका वस्तु तथा सेवा समावेश गरिएको छ ।

राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत (७६ दशमलव ६४ अंक) वृद्धि भएर २ हजार १७७ दशमलव ३५ विन्दुमा पुगेको हो । सोमवार राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको पुस मसान्तसम्मको अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकमा उत्साहजनक सुधार भएको देखाएको छ । राष्ट्र बैंकले अर्थतन्त्रका समष्टिगत सूचकांक प्रगति उन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेसँगै लगानीकर्ता सकारात्मक बने । यसले गर्दा बजारमा खरीद माग उच्च देखिएको छ । ब्याजदर महँगो हुँदा ऋणको माग कम छ । तर, बढेको निक्षेपले बैंकिङ प्रणालीमा अधिक तरलता उपलब्ध हुन थालेको छ । सीडी रेसियो घटेको छ । वित्तीय प्रणालीमा तरलता थपिएसँगै बैंकहरूले राष्ट्र बैंकसँग लिने सापटी पनि कम हुँदै छ । अन्तरबैंक दर ४ प्रतिशत हाराहारीमा झरेको छ । तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्‍यो । माघ महीनादेखि निक्षेपको ब्याजदर पनि घटेको छ । यसले आगामी दिनमा बैंकहरूको लागत घटेर कर्जाको ब्याज सस्तिने संकेत गरेको छ । यी सम्पूर्ण कारणले गर्दा शेयर लगानीकर्ता सकारात्मक देखिएका छन् । त्यसैगरी शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउन अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर सकारात्मक देखिएका छन् । सोही कारण मंगलवार बजार बढेको पुराना लगानीकर्ता डमरुवल्लभ घिमिरे बताउँछन् । सोमवार मात्रै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताको हितमै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको घिमिरको भनाइ छ । इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार मंगलवारको बजार वृद्धिलाई सामान्य भन्छन् । यसअगाडि बजार ३२०० सम्म पुगेर फर्किएको हो । रौनियार पनि राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले लगानीकर्ता सकारात्मक भएको बताउँछन् । ‘पछिल्लो समय अर्थमन्त्री र गभर्नर शेयरबजारप्रति सकारात्मक भएका छन् । अब केही समयपछि मौद्रिक नीतिको ६ महीने समीक्षा हुँदै छ,’ रौनियार भन्छन्, ‘त्यसले ब्याजदर घट्ने, शेयर धितो कर्जाको सीमा सच्याउनेलगायत ऋण सहज पाउने वातावरण बनाएमा शेयरबजार बढ्ने देखिन्छ ।’

६ महिनामा भित्रिए २ लाख ३७ हजार बढी पर्यटक

१९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी घट्दै जानु र यात्रामाथिको प्रतिबन्धहरु फुकुवा हुँदै जाँदा पर्यटक आगमनमा उत्साहजनक सुधार देखिएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ६९६ …

पर्यटक आगमनमा उत्साहजनक सुधार

सन् २०२२ को पहिलो महिना जनवरीदेखि नै सुरु भएको पर्यटक आगमनदर वृद्धिले अप्रिल महिनामा पनि निरन्तरता पाएको छ । गएको जनवरीमा करिब १७ हजार विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणका लागि आएकोमा अप्रिलमा यो संख्या ५८ हजार नाघेको छ ।पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटक नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक […]

सेयर बजार परिसूचक १०१ अंकले बढ्यो

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो ।यसक्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढेपनि कारोबार रकम भने नबढेको हो । यसअघि, गत साताको विहीबार ५२ अंकले बढेको थियो ।परिसूचकमा उत्साहजनक सुधार आएको दिन आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ । जसमध्ये जिवन ब

२ सातापछि निक्षेप संकलनमा झीनो सुधार

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप संकलनमा २ सातापछि झीनो सुधार देखिएको छ । मङ्सिरको पहिलो २ सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप नै घट्दै गएको थियो, तर तेस्रो सातामा आएर निक्षेप संकलन झीनो मात्रामा बढेको छ । मङ्सिरको तेस्रो साता अर्थात् ११ गतदेखि १७ गतको बीचमा वाणिज्य बैंकहरूको कुल निक्षेप ६ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । उक्त बैंकहरूमा मङ्सिरको दोस्रो सातासम्म रू. ४२ खर्ब १९ अर्ब ४९ करोड निक्षेप संकलन थियो । तेस्रो सातामा त्यो झन्डै ७ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यसअघि मङ्सिरको पहिलो र दोस्रो साता निक्षेप संकलन लगातार घटेको थियो । मङ्सिर पहिलो साता ८ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको थियो । तर, तेस्रो सातामा भने निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त मङ्सिर तेस्रो सातासम्मको तथ्यांकले यस्तो देखाएको हो । निक्षेप संकलनमा सुधार आए पनि तरलता अभावको समस्या भने यथावत् नै रहेको छ । साथै, निक्षेप संकलनमा देखिएको सुधार पनि उत्साहजनक नभएका बैंकरहरू बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले निक्षेपमा उत्साहजनक सुधार नआएको बताए । ‘पछिल्लो समय अधिकांश हप्ता निक्षेप घटेको छ । जुन, हप्ता निक्षेप संकलन बढेको छ, त्यो पनि उत्साहजनक छैन,’ उनले भने, ‘अभैm पनि बैंकहरूले तरलता अभावको सामना गरिरहेको अवस्था छ ।’ बैंकर संघको तथ्यांकअनुसार पछिल्लोपटक कात्तिकको अन्तिम साता १० अर्ब निक्षेप बढेको थियो । त्यसअघि पनि लगातार ४ हप्तासम्म निक्षेप संकलन घटेको देखिन्छ । बैंकहरूको निक्षेपको प्रमुख स्रोत सरकारी खर्च हो । तर, चालू आर्थिक वर्षमा सरकारी खर्च उत्साहजनक छैन । फलस्वरूप चालू आर्थिक वर्षको शुरूदेखि नै बैंकहरूले तरलता अभावको समस्या झेल्दै आएका छन् । यस्तै, बैंकबाट कर्जाका रूपमा गएको पैसा कुनै न कुनै माध्यमबाट निक्षेपकै रूपमा बैंकमा फर्किने गर्छ । तर, यसपालि त्यस्तो पनि नभएको बैंकरहरू बताउँछन् । आयातका लागि बढी कर्जा प्रवाह हुँदा पनि तरलता अभाव कायम रहेको बैंकरहरू बताउँछन् । तरलताको अभाव भएपछि पछिल्ला साताहरूमा कर्जा प्रवाह भने बढ्दै नै गएको छ । मङ्सिर पहिलो साता ७ अर्ब, दोस्रो साता १४ अर्ब र तेस्रो सातामा पनि १४ अर्बले नै कर्जा प्रवाह बढेको छ ।

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम बढेन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा उत्साहजनक वृद्धि आएको हो । यसक्रममा आज २ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएर ५८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । बजार दोहोरो अंकले बढेपनि आज व्यापार समूहमा ३२.४७ अंकको गिरावट आएको छ ।यसबाहेक, अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ । उत्पादनमूलक समूह १०५ अंक, वित्त ८९ अंक, विकास बैंक ७२ अंक, जीवन बीमा ६७ अंक र लघुवित्त समूहमा ५३ अंकको सुधार आएको छ । वेस्ट फाइनान्स र रिदि हाइड्रोपावर&n

https://www.onlinekhabar.com/2020/04/852771

२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको पत्ता लगाउने गरी ल्याब टेष्ट संख्यामा वृद्धि भएको छ । यसलाई जनस्वास्थ्य विज्ञहरुले उत्साहजनक सुधार भनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाअनुसार बुधबार …