बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनका लागि आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा पर्यटकको संख्या चार गुणासम्म बढेको छ । कोरोना महामारीपछि लुम्बिनीमा विदेशी पर्यटकको संख्या शून्यजस्तै थियो । मुलुकको प्रमुख गन्तव्यमा महामारीपछि थलिएको पर्यटनमा यति बेला भने उत्साहजनक सुधार देखिएको छ । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायी उत्साहित बनेका हुन् । सबैभन्दा धेरै चीन र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्यामा सुधार देखिएको हो ।