काठमाण्डाै - काठमाण्डाै उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।
उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार सङ्घले जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीका अनुसार अस्ति बुधवार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको छ ।
यस्तै, हिजो ३ सय ८२ बोरा चिनी गएको छ । थप चिनी आज बजारमा जाने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका सङ्घका सबै प्रतिनिधि...