काठमाडौँ। खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ। उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्।
स्वास्थ्य बीमा बोर्ड नेपाल सरकार द्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना हो जस अन्तर्गत जो कोहीले कुनै पनि आर्थिक बोझ नलिई उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयास गर्दछ।