स्वास्थ्य बीमा : निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने

३० फागुन, काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्ड बैठकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउने नागरिकले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको हो । सुरुमा स्वास्थ्य बीमामा कुनै पनि शुल्क तिर्नु पर्दैनथ्यो । तर अनावश्यक […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा कतै बिरामी घटे, कतै बढे

स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका अस्पतालमा बिरामी घटेको छ । अन्यत्र भने बढेको पाइएको छ । अन्यत्र पठाउन अस्पतालका रुपमा रहेका निजी अस्पताल वरपरका साना सरकारी अस्पतालमा उपचार गराउने बिरामी घटेको पाइएको छ । सुविधासम्पन्न अस्पतालमा उपचार सेवा नपाउने भएपछि बिरामी घटेको पाइएको हो । विर्तामोडको शनिश्चरे अस्पतालमा बिरामीको सङ्ख्या घटेको अस्पतालका स

स्वास्थ्य बीमा गराएका बिरामी बढे

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका बिरामीको सङ्ख्या सरकारी अस्पतालमा भने एक्कासि बढेको छ। यही साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम सरकारले बन्द गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरिएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य बीमाअन्तर्गको उपचार गराउने बिरामीको सङ्ख्या अहिले तीन गुणाले बढेको अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि भेरी अस्पतालमा बीमाअन्तर्गतको उपचार गराउने तीन गुणा बढी आउन थालेको बताउनुभयो।