काठमाडौं । दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकी झापाकी मनिषा राईले औषधि उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा गरेकी छिन् । तर औषधि लिन भने झापाबाट भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आउनुपर्छ । किनकि झापामा स्वास्थ्य बीमा अन्तर्गतको औषधि पाइँदैन । पहिले उनी तीन महिनामा एक पटक औषधि लिन भक्तपुर आउँथिन् । तर अहिले महिनैपिच्छे […]