नाइकेले ओढ्न थाले खोल नयाँ नयाँ ढ्वाङ थाप्ने बखतमा बोल नयाँ नयाँ।। आश देखाए खाउला भनि बटुका भरि गोल्फु काई लागेका झोल नयाँ नयाँ।। बुढा बसाहा आउँछन् नयाँ बाली खान दनक दिन ठिक पारे नोल नयाँ नयाँ।। आफ्नाले बोके थैली घाम डाँडामा हुँदै अर्काका खोल्न थाले पोल नयाँ नयाँ।। भर्ति खातिर उभिएका लामा कतारमा खान्कीका […]