प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो । कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन् ।