बैतडीको उत्कृष्ट शुरुवात‚ डोटी १ सय ७९ रनले पराजित

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले उत्कृष्ट शुरुवात गरेको छ।आज सम्पन्न खेलमा बैतडीले डोटीमाथि १ सय ७९ रनको जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो।बैतडीले दिएको २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको डोटीको टोली १२.१ ओभरमा २५ रनमा अलआउट भयो।उसका लागि कुनै पनि ब्याट्सओमनले दोहोरो अंकको रन बनाउन सकेनन्। अनिषा शाहले सर्वाधिक ९ रन बनाइन्।डोटीको पारी ध्वस्त पार्ने क्रममा बैतडीकी कप्तान रितु कनौजियाले ४, पूजा कार्कीले ३ विकेट हात