अमेरिकासँग पछिल्लो समय कूटनीतिक रूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान भ्रमणमा गएका छन् ।
राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो पुगेका हुन् । यस भ्रमणका बारेमा जापानी मिडियाले लेखेका छन् कि “राष्ट्रपति रउहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति भएका छन् ।”
पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेको छ । यस विवादका बीच पनि उनी निकै लामो समयपछि इरानी राष्ट्रपतिको हैसियतमा जापान भ्रमणमा गएकोे अमेरिकी सञ्चारमाध्यमहरुले पनि लेखेका छन् ।