काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौंका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौं महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधवारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।
शुरुमा १० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिए पनि यसै हप्तामा २० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने नेता जोशीले राससलाई जानकारी ...