सल्यान : सुर्खेतको सिम्ता गाउँपालिकाले ५० बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ। गाउँपालिका-४ स्थित बजेडीचौर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन वार्ड स्थापना गरेको हो।गाउँपालिकाभित्रका कोरोना संक्रमित बिरामीलाई ध्यानमा राखेर सबैलाई पायक पर्ने गरी आइसोलेसन कक्षको सुरुवात गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष केविन्द्रकुमार केसीले बताए।बिरामीलाई लक्षित गरेर केही अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिनसमेतको व्यवस्था