काठमाडौँ : नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले ५ वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानूनहरुको अनुसन्धनात्मक अन्वेषणबाट ५ वटा कानून खारेज गर्नुपर्ने जानकारी गराएको हो।परिसंघले अन्य तीनवटा नयाँ कानून ल्याउनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विद्यमा
मुलुकभित्र वैदेशिक लगानी आउने वातावरण छैन भन्ने आरोप लाग्दै आएकोमा सरकारले क्रमश: काम गर्दै आएको छ । सरकारले वैदेशिक लगानीसम्बन्धी अहिलेकोे व्यवस्थामा सुधार गरिरहेको छ । गत सातामात्र स्वचालित प्रणालीबाट स्वीकृत हुने लगानीको सीमा ५० करोड पुर्याउने काम भएको छ । यसअघि १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृत गरिँदै आएको थियो । लगानीकर्ताको माग […]
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार तयार रहेको बताएका छन् ।
अमेरिकी राजदूत डिन आर थम्पसनसँग बुधवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री रिजालले यस्तो बताएका हुन् । नेपालमा लगानी भित्याउन अमेरिकी राजदूत थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा छलफल भएको मन्त्रालयले बताएको छ ।
मन्त्री रिजालले नेपालको विकास लगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सराहनीय रहेको बताए । आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे ।
पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्याउन सकिन्छ भन्नेमा सरकार लागिपरेको भन्दै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । आगामी मे महीनामा काठमाडौंमा हुने टिफा काउन्सिलको छैटौं बैठक द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरे ।
भेटमा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदा समेत अमेरिकाले कुनै व्यापारमा न कुनै रूपमा सहयोग जारी राख्ने अपेक्षा गरे । सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायत क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको उनले स्मरण गरे ।
उक्त क्षेत्रमा लगानी बढाउन र विविधीकरण गर्न अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने विश्वास उनले व्यक्त गरे । भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रूपमा सहयोग गर्ने बताए । लगानीको वातावरण थप सुदृढ गराउन जोड दिँदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए ।
हाम्रा दुई छिमेकी मुलुक चीन र भारतले खर्बौं रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी ल्याउँदा हाम्रोमा भने निरन्तर घट्दो क्रममा छ । मुलुकको आर्थिक विकासका लागि विदेशी लगानीको महत्त्व कस्तो छ, सायद भनिरहनुपर्ने विषय रहेन । यस्तो महत्त्वको विषय बढाउनुपर्नेमा लगातार घटिरहनु चिन्ताको विषय हो । आगामी दिनमा पनि यस्तै अवस्था रहे आर्थिक विकासको कोरा कल्पनाभन्दा अर्को […]
काठमाडौं । अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गरेर व्यवसाय गर्नेहरूमा ७७ प्रतिशतले कमी आएको छ । प्रमुख राजनीतिक दल र तिनका नेताहरूले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने र लगानीको वातावरण बनाउने भन्दै २/२ पटक अन्तराष्ट्रिय लगानी सम्मलेनसमेत आयोजना गरे । सरकारले लगानीको वातावरण बनाउन भन्दै नयाँ केही ऐन बनाएको पनि छ […]
काठमाडौं, पुष १९ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै लगानीको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा उहाँले लगानी सम्बन्धी केही समस्या भए समयै आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्नु् र घाटा हुनु हो भन्दै उहाँले […]