२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन् । काठमाडौँमा मंगलबार आयोजित ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ भन्ने विषयक खेलकुद पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आगामी बजेटमा खेल संघको कार्यक्रम र पेश गरेको योजनाका आधारमा बजेटमै […]
३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले करातेको उपलब्धि नेपाली खेल क्षेत्रमै उदाहरणीय भएको बताएका छन् । शुक्रवारदेखि मधेस प्रदेशस्थित निजगढमा भएको साधारण सभाको शनिवार उद्घाटन गर्दै सदस्य सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हासिल गरेको उपलब्धी खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका हुन् । साथै […]
भक्तपुर, २ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सरकारले आगामी आर्थिक वर्षबाट राज्यको १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका छन् । आज नेपाल सितेरियो सोबुकान कराते डो सङ्घअन्तर्गत मध्यपुर कराते एकेडेमीको चौथो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले सरकारले बजेटसहित १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका हुन् । […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद् पेश […]
The post पूर्व सदस्य सचिव लामाको संयोजकत्वमा कार्यदल गठन first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेकाे छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायत पदाधिकारी, खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले स्व. सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । […]
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन पटक सर्यो । कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव विवाद त कहिले कोरोनाको विषयले नवौँ खेलकुद समयमा हुन सकेन । यही जेठ २२ गते हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल सामाग्री खरिद र प्रदेशको तयारी नपुगेको बताउँदा पुनः सर्न पुग्यो । राखेपको प्रस्तावमा गत मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गर्यो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा आयोजना गरेको छ । स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग […]
१८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुल परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले नक्कली खेल संघलाई अब खारेज गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार आयोजना गरेको एनएसजेएफ एकेडेमी उद्घाटन कार्यक्रममा उनले काम नगर्ने र अधिवेशन नगर्ने खेल संघलाई खारेज गर्ने बताएका हुन् । ‘नक्कली र चुनाव नभएको संघ अब खारेज […]