नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन पटक सर्यो । कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव विवाद त कहिले कोरोनाको विषयले नवौँ खेलकुद समयमा हुन सकेन । यही जेठ २२ गते हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल सामाग्री खरिद र प्रदेशको तयारी नपुगेको बताउँदा पुनः सर्न पुग्यो । राखेपको प्रस्तावमा गत मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गर्यो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले