मेलम्ची पुगेर शशांकले गरे कांग्रेस सभापतिमा उठ्ने घोषणा

मेलम्ची : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन्। कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफू केन्द्रिय सभापतिमा लड्ने बताएका हुन्। कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी गरे। साथै कोइरालाले युवाहरूलाई कृषिमा…

सम्बन्धित सामग्री

कांग्रेस मकवानपुरको सभापतिमा पाँच जनाको उम्मेद्वारी

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको फागुन १३ गतेका लागि तय भएको अधिवेशनमा सभापतिमा हालसम्म पाँच जनाको उम्मेद्वारी परेको छ। कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले उम्मेद्वारी घोषणा गरी चुनाबी अभियान अघि बढाइसकेका छन्। हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि सभापतिमा दाबी…

जयराम लामिछानेद्धारा कांग्रेस मकवानपुर सभापतिमा उम्मेद्धवारी घोषणा

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका नेता जयराम लामिछानेले नेपाली कांग्रेसको मकवानपुर जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन आउने फागुन १३ गते गर्ने निर्णय भएको छ । लामिछानेले मकवानपुरको जिल्ला कार्यसमितिको सभापतिमा उम्मेद्धवारी दिँदैछन् । उनले आफ्नो उम्मेद्धवारीको व्यापक प्रचारप्रसार गरिरहेका छन् । लामिछाने निर्माण व्यवसायी पनि हुन् । […]

कांग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

सिरहा, २६ पुस । नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका […]

कांग्रेस बागमती प्रदेश सभापतिमा भिमसेनदास प्रधानको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा नेता भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेता प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका...

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला

कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन्। त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।...

प्यानल विना नै विमलेन्द्र निधिले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी निधिले औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । निधिले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न उम्मेदवारी दिन लागेको बताए ।  यसअघि केही महिनाअगावै पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका थिए । ‘५३ वर्ष नेपालको लोकतान्त्रिक आन्दोलनमा खर्च गरेको छु । महाधिवेशनबाट कांग्रेस सभापतिको हैसियतले देश, जनता र पार्टीको सेवा र समर्पण गर्न च...

कांग्रेस सभापतिमा प्रकाशमानको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताए ।नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका […]

बैतडी कांग्रेस सभापतिमा संस्थापन पक्षका शिवराज भट्टको उम्मेदवारी घोषणा

बैतडी : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बैतडी जिल्ला सभापतिका लागि संस्थापन पक्षका शिवराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्।  सोमबार दोगडाकेदार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा सभापतिमा भट्टसहित पदाधिकारीको प्यानल घोषणा गरिएको हो। भट्टले यसअघि पनि नेपाली कांग्रेस बैतडीको नेतृत्व सम्हालिसकेका छन्।सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा पनि उनी जिल्ला सभापति रहेका थिए। भट्टको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर विष्ट र हरिसिंह धामीले उम्मेदवारी घोषणा

कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन्। निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन्।नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन्। थापा यसअघि १३ औं मह