बैतडी : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बैतडी जिल्ला सभापतिका लागि संस्थापन पक्षका शिवराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्। सोमबार दोगडाकेदार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा सभापतिमा भट्टसहित पदाधिकारीको प्यानल घोषणा गरिएको हो। भट्टले यसअघि पनि नेपाली कांग्रेस बैतडीको नेतृत्व सम्हालिसकेका छन्।सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा पनि उनी जिल्ला सभापति रहेका थिए। भट्टको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर विष्ट र हरिसिंह धामीले उम्मेदवारी घोषणा