प्यानल विना नै विमलेन्द्र निधिले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी निधिले औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । निधिले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न उम्मेदवारी दिन लागेको बताए ।  यसअघि केही महिनाअगावै पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका थिए । ‘५३ वर्ष नेपालको लोकतान्त्रिक आन्दोलनमा खर्च गरेको छु । महाधिवेशनबाट कांग्रेस सभापतिको हैसियतले देश, जनता र पार्टीको सेवा र समर्पण गर्न च...