विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला