काँधमा फेरि ठूलो जिम्मेवारी थपियो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताको लागि केही समय अझै दु:ख गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।आठौँ महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समितीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देश र जनताको सेवा गर्ने मेरो लागि अन्तिम अवसर र चुनौती पनि हो। अब उमेर पनि भयो। आज यो जिम्मेवारी बहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीको रुपमा लिएको छु।’नेता कार्यकर्ताहरूले अब आफूमाथि लागेको ध

सम्बन्धित सामग्री

आयुष घलानको काँधमा ठूलो जिम्मेवारी

२० मंसिर, काठमाडौं । पोखरा थन्डर्सको मार्की खेलाडी घोषित हुँदा आयुष घलानले भनेका थिए, ‘मैले छोटो समयमै ठूलो जिम्मेवारी पाएको छुं ।’ यस पछाडिको पृष्ठभूमि के भन्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण ०७८ मा हुँदा उनी अपरिचित खेलाडी थिए । भर्खर भर्खरका ठिटो खेलाडी थिए । त्यसको तीन वर्षपछि दोस्रो संस्करण हुँदा उनको […]

करिमको यात्रा : बसको ढोका हुँदै गाडी मालिक र समाज सेवासम्म

विराटनगर : ‘बाध्यताले जब ठूलो स्वर निकाल्न थाल्छ अनि सबै रहर मौन हुन्छन्‚’ यो भनाई विराटनगर-१ का करिम अनसारीको कथासँग मिल्दोजुल्दो छ भन्दा फरक पर्दैन।१० वर्षको हुँदा पढ्ने, रमाइलो गर्ने रहर उनका पनि नभएका होइनन् तर घरको जिम्मेवारीले काँध गह्रौं भएपछि उनका सबै रहर बेपत्ता भएका थिए। ८ वर्षको कलिलो उमेरमा आमाको न्यानो काख खोसिएपछि घरको जिम्मेवारी उनको काँधमा आइपरेको थियो।घरको परिस्थिति त एउटा पाटो रह्यो नै त्यसमा पनि इराकमा १२ जना नेपालीको हत्यापछि मुस्लिम समुदायप्रति नेपाली समाजल

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । ‘अब हामीलाई […]

कान्छा कप्तानको काँधमा ठूलो जिम्मेवारी

२७ कात्तिक, काठमाडौं । फौजदारी अभियोग लागेपछि सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट एक वर्ष नपुग्दै बाहिरिनुपर्यो । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यक्रमका ब्याटर रोहितकुमार पौडेललाई टिम नेतृत्वको नयाँ जिम्मेवारी सुम्पिएको छ । नेपाली क्रिकेट इतिहासमा सबैभन्दा कान्छो कप्तान बनेका रोहितले सोमबारदेखि युएईसँग हुने एकदिवसीय अन्तर्राष्ट्रियदेखि आफ्नो जिम्मेवारी सुरु गर्नेछन् । त्यसो त गत […]

त्यसपछि डा भगवान कोइरालामा जाग्यो विशिष्टीकृत बाल अस्पताल बनाउने हुटहुटी

जन्मजात मुटुको समस्या अजंगको पहाड जस्तो हो। जब उनीहरू निर्दोष आँखामा ठिक हुने आशा बोकेर आउँछन्, तब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गर्छन् डा कोइराला।

३८ लागिन् रेखा, भन्छिन्- मेरो कर्तव्य र जिम्मेवारी बल्ल सुरु भएको छ

काठमाडौं । अभिनेत्री तथा नेतृ रेखा थापा आइतबार ३८ औं जन्मदिन बनाउँदैछिन् । २१ वर्षअघिको फिल्म ‘हिरो’बाट अभिनयमा डेब्यु गरेकी रेखा ट्रेन्डसेटर अभिनेत्री हुन्, जसले महिला पात्रलाई फिल्मको पर्दामा स्थापित गर्न ठूलो भूमिका निर्वाह गरिन् । चरित्रको रुपमा फिल्मलाई एक्लै काँधमा राखेर अघि बढाउने श्रेय उनलाई जान्छ । हिरोको वरिपरि नाच्ने परम्परागत नायिका चरित्रलाई बदलेर […]

११ वर्षको उमेरमा सिकेको व्यावसायिक कलाले उदाएका पुन्यप्रसाद

विराटनगरका पुन्यप्रसाद भट्टराई २०४७ सालमा ११ वर्षका थिए । उनी ११ वर्षको हुँदा नै बुवा भोलानाथ भट्टराई गृहस्थी जीवन त्यागेर घर छाडेर हिँडे । बुवाले घर छाडेर हिँडेपछि सानै उमेरमा उनको काँधमा ठूलो जिम्मेवारी आयो । परिवारको जेठो छोरो भएकाले पनि आफ्नो काँधमा जिम्मेवारी आउनु स्वाभाविक नै भएको उनले बताए तर बुवा नभए पनि आमा सीतादेवी भट्टराईले केही पनि कमी हुन नदिएको बताए । ठूलो बुवा अञ्चलाधीश भएका कारणले उनको परिवारलाई गाउँमा अञ्चलाधीशको परिवार भनेर चिन्ने गरिन्थ्यो । ‘बुवाले गृहस्थ जीवन त्यागेको १५ वर्षसम्म ह...

मेरो काँधमा ठूलो जिम्मेवारी थपियो : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताउनुभयो ।

मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी अदालतको काँधमा : नैनसिंह महर

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतको काँधमा मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुवीकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुवीकरणबाट रोक्न सक्ने बताए ।‘अदालतकाप्रति नागरिकको ठूलो आस्था र विश्वास छ’ ,काँग्रेसले उदयपुरको मुर्कुचीमा गरेको विरोध कार्यक्रममा महरले भने, ‘सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक ध्रुवीकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकम