विराटनगरका पुन्यप्रसाद भट्टराई २०४७ सालमा ११ वर्षका थिए । उनी ११ वर्षको हुँदा नै बुवा भोलानाथ भट्टराई गृहस्थी जीवन त्यागेर घर छाडेर हिँडे ।
बुवाले घर छाडेर हिँडेपछि सानै उमेरमा उनको काँधमा ठूलो जिम्मेवारी आयो । परिवारको जेठो छोरो भएकाले पनि आफ्नो काँधमा जिम्मेवारी आउनु स्वाभाविक नै भएको उनले बताए तर बुवा नभए पनि आमा सीतादेवी भट्टराईले केही पनि कमी हुन नदिएको बताए ।
ठूलो बुवा अञ्चलाधीश भएका कारणले उनको परिवारलाई गाउँमा अञ्चलाधीशको परिवार भनेर चिन्ने गरिन्थ्यो । ‘बुवाले गृहस्थ जीवन त्यागेको १५ वर्षसम्म ह...