करिमको यात्रा : बसको ढोका हुँदै गाडी मालिक र समाज सेवासम्म

विराटनगर : ‘बाध्यताले जब ठूलो स्वर निकाल्न थाल्छ अनि सबै रहर मौन हुन्छन्‚’ यो भनाई विराटनगर-१ का करिम अनसारीको कथासँग मिल्दोजुल्दो छ भन्दा फरक पर्दैन।१० वर्षको हुँदा पढ्ने, रमाइलो गर्ने रहर उनका पनि नभएका होइनन् तर घरको जिम्मेवारीले काँध गह्रौं भएपछि उनका सबै रहर बेपत्ता भएका थिए। ८ वर्षको कलिलो उमेरमा आमाको न्यानो काख खोसिएपछि घरको जिम्मेवारी उनको काँधमा आइपरेको थियो।घरको परिस्थिति त एउटा पाटो रह्यो नै त्यसमा पनि इराकमा १२ जना नेपालीको हत्यापछि मुस्लिम समुदायप्रति नेपाली समाजल