दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं।सरकारले सदनबाट बिहीबार नागरिकता विधेयक फिर्ता लिने भएको छ।नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४,६०० रुपैयाँ कायम भएको छ।बारामा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन्।खोटाङमा चट्याङले इन्टरनेट र इ–पासपोर्ट सेवा अवरुद्ध भएको छ र दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ।

सम्बन्धित सामग्री

आसिफको पहिलो एकदिवसीय सतक

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा पपुवा न्युगिनीविरुद्ध नेपालका आसिफ शेखले सतक बनाएका छन।...

नेपालले यूएईसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं : नेपालले घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ।नेपाल क्रिकेट संघ क्यानले युएईसँगको सिरिजको घोषणा गरेको हो। नेपालले नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो। क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ।पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ।#BilateralODISeries #NEPvsUAE #TUCricketGroundSchedule Announcement pic.twitter.com/rRAzdeOEat— CAN (@CricketNep) October 31, 20

बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट सन्यास लिने

इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले मंगलबार दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय खेलपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बेन स्टोक्सले मंगलबार आफ्नो घरेलु मैदान डरहममा अन्तिम एकदिवसीय खेल खेल्नेछन्।

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँग एकदिवसी...

नेपाललाई एकदिवसीय सिरिज

नेपालले पाहुना टोली जिम्बावे एविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै नेपालले तीन...

नेपालको एकदिवसीय वरियता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो ।नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ । नेपालले गत मार्चमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै मात्र दुई खेलमा जित निकालेको थियो । नयाँ वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड छ । यस्तै, दोस्रोमा इङ्ल्याण्ड, त

नेपालको एकदिवसीय वरीयता खस्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानमा झरेको हो । यसअघि नेपाल १६औँ स्थान रहेको थियो । नेपालले घरेलु भूमिमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो ।दुई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा १५ रनले पराजित भएको थियो । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलि

दीपेन्द्रको पहिलो एकदिवसीय शतक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रले शतक बनाए ।१३६ बल खेलेका उनले ६ चौकाको सहयोगमा १०० रन बनाए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि रोहित कुमार पौड्यालले पीएनजीविरुद्ध नै शतक बनाएका थिए । त्यसअघि पारस खड्काले सन् २०१९ शतक प्रहार गरेका थिए ।

दिपेन्द्रको पहिलो एकदिवसीय अर्धशतक

नेपालका दिपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ८४ बल बल खेलेका उनले ३ चौका प्रहार गरे । यसअघि नेपालका लागि देव खनालले एकदिवसीयमा पहिलो अर्धशतक प्रहार गरेका थिए । ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।२८ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाए