दीपेन्द्रको पहिलो एकदिवसीय शतक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रले शतक बनाए ।१३६ बल खेलेका उनले ६ चौकाको सहयोगमा १०० रन बनाए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि रोहित कुमार पौड्यालले पीएनजीविरुद्ध नै शतक बनाएका थिए । त्यसअघि पारस खड्काले सन् २०१९ शतक प्रहार गरेका थिए ।