दिपेन्द्रको पहिलो एकदिवसीय अर्धशतक

नेपालका दिपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ८४ बल बल खेलेका उनले ३ चौका प्रहार गरे । यसअघि नेपालका लागि देव खनालले एकदिवसीयमा पहिलो अर्धशतक प्रहार गरेका थिए । ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।२८ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाए