नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानमा झरेको हो । यसअघि नेपाल १६औँ स्थान रहेको थियो । नेपालले घरेलु भूमिमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो ।दुई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा १५ रनले पराजित भएको थियो । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलि