पर्वत : कुनै पनि महिलाले अनिच्छित गर्भधारण गर्न नपरोस् भनेर परिवार नियोजनका अस्थायी र स्थायी गरेर विभिन्न प्रकारका सामग्री र प्रविधिहरू उपलब्ध छन्।
तर जोडीले नीच मार्नु, गर्भ निरोधका साधनहरू किन्न हिचकिचाउनु, सबै ठाउँमा सामग्रीहरू सहजै उपलब्ध नहुनु तथा गर्भपतनले भविष्यमा पार्न सक्ने असरका विषयमा जानकारी नलिँदालगायत कारण पर्वतमा अनिच्छित गर्भधारणपछि गरिने गर्भपतनको अवस्था भयावह देखिएको छ।
सङ्ख्यामा कम देखिएको भए पनि स्वास्थ्य संस्थामा पुगेर सुरक्षित तरिकाले सुत्केरी हुनेको सङ्ख्याभन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढी ...