सुर्खेतमा गर्भपतन गराउने किशोरीको संख्या बढ्यो

सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ। स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो।आर्थिक वर्ष २०७७\७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ। यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो। सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन्। असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ।&