पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता हुने: मन्त्री बडु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताउनुभएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री वडुले उक्त जानकारी दिनुभएको हो । विद्यार्थी संगठनले आज बुधबारभित्र […]

सम्बन्धित सामग्री

इन्धनको मूल्यवृद्धि फिर्ता लिन नसक्ने सरकारको जवाफ

मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपालमा मूल्य घटबढ हुने स्मरण गराउँदै हाल अस्वभाविक लाग्नेगरी भएको मूल्यवृद्धि पनि अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गरेको तर्क गर्नुभयो ।

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गुनासो सम्बोधन गर्छाैं: आपूर्तिमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि बढेको जनगुनासो सरकारले सम्बोधन गर्ने बताएका छन् । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मंगलबार १५ वटा विद्यार्थी संगठनको संयूक्त ध्यानाकर्षण पत्र बुझ्दै बडूले पेट्रोलियम पदार्थ आफ्नै उत्पादन नभएकाले अन्तर्राष्ट्रिय बजारका कारण मूल्यवृद्धि गर्नु परेको स्पष्ट पारे । सरकारले यसमा कर समायोजन गरी मूल्यमा केही राहत दिन सक्ने उनले बताए ।

इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन १५ विद्यार्थी संगठनको माग

१० जेठ, काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । एलपी ग्यास र मट्टितेलमा विद्यार्थीहरुलाई सहुलियतमा उपलब्ध गराउन विद्यार्थी संगठनले माग गरेका छन् । पेट्रोलियम पदार्थमा लगाइएको […]

मोटरसाइकल र स्कुटर डोर्‍याएर सरकारविरुद्व अनेरास्ववियुको प्रदर्शन

स्थानीय तहको निर्वाचनको मिति घोषणा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु ले बुटवलमा मंगलवार भण्डाफोर विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले गठबन्धन सरकारविरुद्ध मोटरसाइकल र स्कुटर डोर्‍याउँदै प्रदर्शन गरेको हो ।  प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न र मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरे ।  उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि जनतामाथिको अत्याचार- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।  आइतवार विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताएका हुन् ।  अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिनेसमेत बताए ।  ‘समस्याक...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुँदै

नेपाल आयल निगमले निर्वाचनको मुखमा गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने भएको छ। प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले आयल निगमलाई पत्र पठाइसकेका छन्। मन्त्रीको निर्देशनपछि बिहिबार बिहानै आयल निगमको आकस्मिक बैठकबाट मूल्यवृद्धि फिर्ता हुने भएको छ। नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा बुधबार राति…