इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन १५ विद्यार्थी संगठनको माग

१० जेठ, काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । एलपी ग्यास र मट्टितेलमा विद्यार्थीहरुलाई सहुलियतमा उपलब्ध गराउन विद्यार्थी संगठनले माग गरेका छन् । पेट्रोलियम पदार्थमा लगाइएको […]

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीद्वारा पेट्रोलियमको मूल्यवृद्धिको विरोध

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।विरोध पर्दशनमा बोल्दै संगठनका महासचिव दिपेश पुनले जनताको ढाड सक्ने गरी भएको पेट्रोलियमको मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । उनले सरकारले मूल्यवृद्धि फिर्ता नगरे यसअघि जस्तो विरोध नभई निर्णयका आन्दोलन गर्ने बताए । आन्दोलनका एजेण्डा तय गर्न संयुक्त विद्यार्थी संगठनको बैठ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग

काठमाडौँ - पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् । जनतालाई …

इन्धनको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबार थानकोटस्थित […]

विपक्षी गठबन्धनका विद्यार्थी संगठनको आन्दोलन घोषणा

नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरूले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ […]