पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गुनासो सम्बोधन गर्छाैं: आपूर्तिमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि बढेको जनगुनासो सरकारले सम्बोधन गर्ने बताएका छन् । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मंगलबार १५ वटा विद्यार्थी संगठनको संयूक्त ध्यानाकर्षण पत्र बुझ्दै बडूले पेट्रोलियम पदार्थ आफ्नै उत्पादन नभएकाले अन्तर्राष्ट्रिय बजारका कारण मूल्यवृद्धि गर्नु परेको स्पष्ट पारे । सरकारले यसमा कर समायोजन गरी मूल्यमा केही राहत दिन सक्ने उनले बताए ।