चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको शतवार्षिकीको अवसरमा मंगलवार आयोजित विश्व राजनीतिक दल शिखर सम्मेलनले चीनको विश्वव्यापी प्रभावलाई उजागर गरेको छ ।
संसारभरिका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू यस सम्मेलनमा उपस्थित भएका छन् । राजनीतिक दलहरूको यति ठूलो बैठक यसअघि भएको थिएन । विश्व राजनीति तथा विश्वका राजनीतिक दलहरूको इतिहासमा यो अभूतपूर्व बैठक हो ।
१६० भन्दा बढी मुलुकका ५०० भन्दा बढी नेताहरू बैठकमा सहभागी भए । तीमध्ये २० नेताले बैठकमा सम्बोधन समेत गरे । अनि दलका १० हजारभन्दा बढी प्रतिनिधि बैठकमा उ...