रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा र युक्रेनको भूमिबाट विना सर्त रुसी सेना फिर्ता गर्न माग गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ ।
इन्डोनेसियाको राजधानी बालीमा हिजो मङ्गलवार सुरु भएको विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को शिखर सम्मेलन आज बुधवार सकिएको हो । सम्मेलनले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको रोयटर्सले जनाएको छ ।
सम्मेलनमा सहभागी धेरैजसो देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य सङ्कट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अ...