मुलुकको आर्थिक अवस्था कस्तो छ भन्ने उदाहरण र उत्तर एक होइन अनेक छन् । आर्थिक सवलीकरणको साटो गठबन्धनको सत्ता निरन्तरताका लागि मात्रै दौडधूप गरिरहँदा सरकारका लागि ऋण उठाउनुपर्ने अवस्था सिर्जना भएको छ । निर्वाचनको संघारमा पुगेको मुलकमा सरकारकै लागि नेपाल राष्ट्र बैंकले असोज महिनामा मात्रै ३१ अर्बभन्दा बढीको आन्तरिक ऋण उठाउन ट्रेजरी बील जारी गरेको …