मोरङ बेलबारीका एक बिरामीको विराटनगरका ठुला अस्पताल चर्हादा चहार्दै उपचार नपाएर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि विराटनगर लगिएका बेलबारी–२ का ६० वर्षीय रंगलाल दुलालको विराटनगरका पाँचवटा अस्पताल घुमाउँदा घुमाउँदै बुधबार बिहान एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।विराटनगरका नीजि अस्पतालमा बेडको कुनै समस्या नभएको बताउँदै आएका नोबेल मेडिकल कलेज, विराट टिचिङ, मोरङ सहकारी, विराटनगर अस्पताल र लाइफगार्ड अस्पतालले भन्टिलेटर नभएको भन्दै दुलाललाई गेटबाटै फर्काएपछि उपचार नपाएर