चितवन : चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले चितवन मेडिकल कलेजमा नाराबाजी गरेका छन्।आफन्तको नाराबाजीपछि अस्पताल तनावग्रस्त बनेको छ। ज्वरो आएर चैत १० गते अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–३ का ३१ वर्षीय रोशन विष्टको शनिबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्। अस्पताल प्रशासनले भने उपचारका क्रममा बिरामीमा मल्टिपल कनेक्टिभ डिसअर्डरको समस्या देखिएपछि मृत्यु भएको जनाएको छ। उपचारका क्रममा मु