समयमै एम्बुलेन्स नआउँदा सल्यानमा बिरामीको मृत्यु

७ जेठ, सुर्खेत । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका–७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो । तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए । […]