पन्ध्र वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि, राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने

काठमाडौं, २६ चैत। अर्थ मन्त्रालयका सचिव तोयम रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताएका छन्। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एक हजार ७सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि भएको जनाए। राजश्व चुहावट रोक्नका लागि राज्यका सबै निकायहरु चुस्त भएर लागि रहेको उनले बताए।

सम्बन्धित सामग्री

गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत मात्र उठ्यो राजश्व

काठमाडौं, १साउन।आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ८०अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको हो। अर्थात् अघिल्लो वषभन्दा ३ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ। अघिल्लो आर्थिक वर्षमा विभागले ४ खर्ब ८३अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।

चालु आर्थिक वर्षमा ६७ प्रतिशत मात्र बजेट खर्च

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६७ दशमलव ८९ प्रतिशत बजेट खर्च गरेको छ। ३२ अर्ब ९७ करोड १९ लाख ४२ हजार ९५५ रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले ६७.५६ प्रतिशत अर्थात् २२ अर्ब २७ करोड ६६ लाख २८ हजार रूपैयाँ खर्च गरेको हो...

सिरहामा हुलाकी सडकको प्रगति पाँच वर्षमा ७५ प्रतिशत मात्रै

राष्ट्रिय गौरवको रुपमा रहेको हुलाकी सडकखण्डअन्र्तगत सिरहामा पछिल्लो पाँच वर्षमा ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। ९ असार २०७७ सम्ममा निर्माण सक्ने गरी सम्झौता गरेपनि पटकपटक म्याद थप गरिएको...

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा […]

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै

चितवन- दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ । शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ । शवदाह निर्माण गर्ने जिम्मा पाएको […]

मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको  नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा  अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए ।६ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९को सङ्क्रमणका कारण काम पछि धकेलिँदै गएको छ । हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु प

एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य

सरकारले एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्टरनेट ग्राहकको घनत्व ९४ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।  २०७७/७८ मा ९०.५६ प्रतिशत जनसंख्यामा इन्टरनेट पुगेको छ । त्यस्तै मन्त्रालयले चालु आर्थिक वर्षमा १९ हजार १७० किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने भएको छ ।  मन्त्रालयले...

चालु आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न सकेन

काठमाडौं । चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गर्नुभएको थियो । तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू आर्थिक वर्ष सकिन तीन […]

चालू वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत

प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ

चालू आर्थिक वर्षमा ३.९८ प्रतिशत आर्थिक बृद्धिदर हुने विभागको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रिय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षको ७ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडाको आधारमा यो वृद्धिदरको प्रारम्भिक अनुमान विभागले सार्वजनिक गरेको हो । सोही बृद्धिदर गत आर्थिक वर्षमा २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान छ ।कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ । तर प्राथमिक र द्वितीय क्षेत्रको योगदान भने घटेको छ । कुल ग्राहस्थ उत्पादनमा कृषि, वन, मत्स्य र खानी