काठमाडौं । धितोपत्र दोस्रो बजारमा मङ्सिरमा मात्र १६ करोड ७८ लाख ६३ हजार ८६५ कित्ता धितोपत्र थप भएको छ ।
दुई कम्पनीको आईपीओ, दुई कम्पनीको एफपीओ, दुई कम्पनीको बोनस शेयर, दुई कम्पनीको हकप्रद शेयर, एक कम्पनीको ऋणपत्र र एक योजनाको इकाईसहित उल्लेखित कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।
माछापुच्छ्रे बैंकले गत मङ्सिर ५ गते १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर सूचीकृत गराएको छ भने नाडेप लघुवित्तले मङ्सिर १५ गते ८ लाख ९ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत गराएको छ ।
मिर्मिरे र उन्नती सहकार्य लघुवित्तले पनि मङ्सिरमै एफपीओ सूचीकृत गराएका छन् । मिर्मिरे लघुवित्तले मङ्सिर ११ गते १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता र उन्नती सहकार्यले मङ्सिर १८ गते १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ सूचीकृत गराएको हो ।
हिमालयन ८०–२० को १० करोड इकाई मङ्सिर २२ गते सूचीकृत भएको छ । सिजर्नी पावरले मङ्सिर २४ गते र अरुण काबेली पावरले मङ्सिर २५ गते हकप्रद शेयर सूचीकृत गराएका छन् । सिनर्जी पावरको ४० लाख ३२ हजार ८७५ कित्ता र अरुण काबेली पावरकोे १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
आईपीओ भने मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर २६ गते र त्रिशुली जलविद्युत कम्पनीले मङ्सिर ६ गते सूचीकृत गराएका हुन् । मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता र त्रिशुली जलविद्युतको १ करोड ८५ लाख २५ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । यीबाहेक कुमारी बैंकले १० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मङ्सिर २२ गते सूचीकृत भएको छ । कात्तिकमा ६ करोड ७० लाख ८७ हजार ९६ कित्ता धितोपत्र मात्र सूचीकृत भएको बजारमा मङ्सिरमा भने बढेको हो ।
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाडेप लघुवित्त वित्रीय संस्था लिमिटेडले ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९५ दशमलव ८४ प्रतिशत कम भएको हो । कम्पनीको सञ्चालन नाफा भने ९९ दशमलव ३२ प्रतिशत कम भएको छ ।
गत वर्ष १ करोड ६६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । यस वर्ष कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था (इम्पेयरमेन्ट चार्ज) बापतको फिर्ता रकम कम भएको छ । गत वर्ष २ करोड ६२ लाख रुपैयाँभन्दा बढी इम्पेयरमेन्ट चार्जबापतको रकम फिर्ता भएकोमा यस वर्ष ७९ लाख ७५ हजार रुपैयाँ मात्र फिर्ता भएको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ८९ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ १२ करोड ९ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम २८ करोड ४९ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म १ अर्ब ७६ करोड ८८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ५ अर्ब २४ करोड ४४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले २ अर्ब ३८ करोड ४३ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
गत वर्ष ४ दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ६ दशमलव ५६ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ९३ दशमलव ५७ प्रतिशत बढी खुद नाफा गरेको छ ।
गत वर्ष रू. ९३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८० लाखभन्दा बढी यो नाफा गरेको हो ।यस वर्ष कम्पनीको सञ्चालन नाफा १२८ प्रतिशत बढेको छ । गत वर्ष रू. १ करोड ६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ४२ लाखभन्दा बढी यो नाफा गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १ करोड ४२ लाखभन्दा बढी छ । २० प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. ४८ करोड ५७ लाख ६० हजार पुर्याएको कम्पनीको रिटेन्ड अर्निग रू. १४ करोड ४१ लाखभन्दा बढी र जगेडा कोष रकम रू. २५ करोड २० लाखभन्दा बढी छ । दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८२ करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब २५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
यो अवधिसम्म कम्पनीले रू. २ अर्ब १९ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । निष्क्रिय कर्जा गत वर्ष ६ दशमलव २० प्रतिशत रहेकोमा यस वर्ष बढे ७ दशमलव ४५ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १४ दशमलव ८५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ३३ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :
वैशाख १४, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा ४९ दशमलव ९८ प्रतिशत कम खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ११ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ६९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
गत वर्षको तुलनामा यस वर्ष सम्भावित जोखिम शीर्षकमा ५४ दशमलव ९८ प्रतिशत बढी रकम छुट्याएकाले पनि यस वर्ष कम्पनीको सञ्चालन नाफा ५१ दशमलव २० प्रतिशत घटेको छ । कम्पनीले यस वर्ष सम्भावित जोखिम शीर्षकमा रू. ६ करोड ६९ लाखभन्दा बढी रकम छुट्याएको हो । गत वर्ष यो रकम रू. ४ करोड ३२ लाखभन्दा बढी थियो ।
२० प्रतिशत बोनस शेयर मार्फत यस वर्ष चुक्तापूँजी बढाएर रू. ४८ करोड ५७ लाख ६० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ३ दशमलव ४० प्रतिशत बढेर रू. ३३ करोड ७९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा २ दशमलव ५२ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ७४ लाख कर्जा सापटी लिएको छ ।
गत वर्षभन्दा १३ दशमलव ८६ प्रतिशत बढी रू. १ अर्ब ७१ करोड ८७ लाख निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६५ प्रतिशत बढी रू. ४ अर्ब ८७ करोड ११ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष ५ दशमलव ७४ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष ४ दशमलव ९२ प्रतिशतमा झरेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६९ दशमलव ५७ रहेको छ । यस वर्ष कम्पनीले धनुषा, महोत्तरी, सिरहा, रौतहट, बारा, सर्लाही र चितवन जिल्लामा १० थप शाखा विस्तार गरेको छ । हाल कम्पनीले देशका विभिन्न स्थानमा ८८ शाख कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
फागुन २, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ७५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाख खद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष सम्भावित जोखिम शीर्षकमा १५ दशमलव ७० गुणा बढी रकम छुट्याएका कारण सञ्चालन नाफा ५७ दशमलव ७२ प्रतिशत कम भएको छ ।
गत वर्ष रू. ५३ लाखभन्दा बढी सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले यस वर्ष रू. ८ करोड ३९ लाखभन्दा बढी रकम छुट्याएको छ । गत वर्ष रू. ६ करोड ९४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ९३ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा घटेसँगै खराब कर्जा संकलन यस वर्ष नभएकाले पनि खुद नाफामा कमी आएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख छ । जगेडा कोष रकम गत वर्षभन्दा ३५ प्रतिशत बढेर रू. ३८ करोड ८२ लाखभन्दा बढी कायम भएको छ । कर्जा सापटी भने गत वर्षभन्दा १२ दशमलव ६६ प्रतिशत कम रू. २ अर्ब ३ करोड रहेको छ ।
कम्पनीले यस वर्ष २० दशमलव ३२ प्रतिशत बढी रू. १ अर्ब ६६ करोड ८७ लाख निक्षेप संकलन गरेको छ भने ८ दशमलव ४७ प्रतिशत बढी रू. ४ अर्ब ६४ करोड ७० लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ६ दशमलव २० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ९० रहेको छ ।
खारेजी प्रक्रियामा रहेको 'एनआईबिएल समृद्धि फण्ड १' ले आफ्नो स्वामित्वमा रहको शेयर तथा ऋणपत्रहरु लिलाम गर्ने भएको छ । फण्डले विभिन्न कम्पनीको १२ हजार १ सय ५४ कित्ता शेयर र ७९ हजार ५ सय कित्ता ऋणपत्र लिलाम गर्ने भएको हो ।उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरिसकेको हो । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२ गते भएको थियो । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले शेयर तथा ऋणपत्र लिलाम गरि इकाईधनीको पैसा फिर्ता गर्ने छ । जस अनुसार फण्डले लिलामीको सूचना निकालेको छ । सूचना अनुसार लगानीकर्ताले लिलामीको शेयर तथा ऋणपत्रमा माघ २० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० र ऋणपत्रको मूल्य प्रति कित्ता १००० कायम गरिएको छ । आवेदन दिंदा १०० कित्ता भन्दा बढी शेयर लिलाममा भएको कम्पनीको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । त्यस्तै अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । लिलामीको फारम एनआईबिएल एस क्यापिटलको कार्यालयबाट प्राप्त गर्न सकिने छ । कसको कति शेयर लिलाममा ?प्रभु बैंकको २५ सय २० कित्ता हिमालयन बैंकको ५५ सय ३४ कित्ता स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८१ कित्ता एक्सेल डेभलपमेन्ट बैंकको १ कित्ता नाडेप लघुवित्तको ५३८ कित्ता आँधीखोला लघुवित्तको ७१४ कित्ता डिप्रोक्स लघुवित्तको २३४९ कित्ता समाज लघुवित्तको ११७ कित्ता यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।
माघ ५, काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।
जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।
हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।
गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।
लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।
सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
पुस २१, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांशसमेत वितरणयोग्य बनाउनेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४० करोड ४८ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो ।
ती प्रस्तावहरुसँगै कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ ।
डिप्रोक्ससँगको प्राप्ति प्रक्रियाका लागि कम्पनीको शेयर कारोबार २०७७ पुस १६ गतेदेखिनै रोक्का रहेकाले सोही मितिलाई सभाको बुक क्लोजको मिति तय गरिएको छ ।
उक्त कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ९४ लाख ११ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा ७९ दशमलव ३८ प्रतिशत कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ५३ लाख ४६ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ३ करोड ७७ लाख १७ हजार छुट्याएको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ७९ दशमलव ७७ प्रतिशत कम रू. १ करोड ४० लाख ५० हजार भएको छ । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा करिब २५ प्रतिशत घटेर रू. १० करोड २८ लाख ५४ हजारमा सिमिति भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. १३ करोड ६९ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ३२ प्रतिशतले बढेर रू. ३७ करोड ९८ लाख १४ हजार कायम भएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा १४ प्रतिशत कम अर्थात् रू. १ अर्ब ९९ करोड ७३ लाख कर्जा सापटी लिएको छ भने १४ दशमलव ७५ प्रतिशत बढी रू. १ अर्ब ५९ करोड १५ लाख निक्षेप संकलन गरेको छ ।
कम्पनीको कर्जा प्रवाह भने गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी अर्थात् रू. ४ अर्ब ५१ करोड २ लाख रहेको छ । गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ४ दशमलव ७७ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ३० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव ८३ छ ।
असोज २१, काठमाडौं । लाभांश प्रस्ताव सिजन शुरु भएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत कम्पनीहरुले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
नेप्सेमा सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १५ ओटा कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।
ती १५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र १ दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यसैगरी, दोस्रोमा सबैको लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यी १५ ओटा कम्पनीमध्ये एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भने नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी, लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीमध्ये डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभासमेत आह्वान गरेको छ । कम्पनीको सभा असोज २३ गते शनिवार हुँदैछ । सभा बिहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर, चितवनमा हुने जानकारी गराएको हो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
२०औं साधारण सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग सहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको छ ।
सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियराी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।
लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीहरुले अघिल्लो वर्षको लाभांशभन्दा यसवर्ष लाभांश बढी दिएका छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
स्रोत : कम्पनीले सार्वजनिक गरेको सूचना